नेपाल भर्सेस म्यानमारः नेपालले पायो ३० रनको विजयी लक्ष्य !

बुलबुल नेपाल    

नेपाल भर्सेस म्यानमारः नेपालले पायो ३० रनको विजयी लक्ष्य !

काठमाडौं, असोज १७ । मलेसियामा जारी आइसिसी विश्व टी-२० क्रिकेटअन्तर्गत नेपाल पहिलो खेल म्यानमारसँग खेलिरहेको छ । टस जितेर म्यानमारले ब्याटिङ रोज्यो ।

 

र, १० ओभरमा मात्र २९ रन बनायो । नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिनेक्रममा २ ओभरमा ३ रन खर्चिए ।

 

यस्तै ललित राजबंशीले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ३ रन खर्चिए। ललित भण्डारी र करन केसीले समान १/१ विकेट हात पारे।

 

नेपालको अन्तिम ११ :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप लामिछाने


बुधबार, १७ असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस