अफगानिस्तानविरुद्ध नेपाल गर्‍यो १३ गोल, बुद्ध तामाङको ह्याट्रिक !

नेपालद्वारा गोलको वर्षा !

रासस    

अफगानिस्तानविरुद्ध नेपाल गर्‍यो १३ गोल, बुद्ध तामाङको ह्याट्रिक !

काठमाडौं, असोज १० । भारतमा भइरहेको ४६औ एसियन यु-१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । 

 

भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे ।

 

बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए । 

 

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे पनि नेपाल सेमिफाइनल पुग्न सकेन । समूह चरणको दुई खेलमा पराजित भएको नेपालले अब पाँचौं स्थानका लागि बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए ।

 

समूह ‘ए’मा रहेको नेपालले मंलबार चीनलाई ३-१ ले हराएको थियो । यसअघि असोज ६ गतेको खेलमा थाइल्याण्डसँग २-० र ९ गते इण्डोनेसियासँग २-१ ले पराजित भएको थियो । 


बुधबार, १० असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस