मंगलबार बोहराका चेतनामूलक देउडा

मंगलका मन लाग्दा देउडा

बुलबुल नेपाल    

मंगलबार बोहराका चेतनामूलक देउडा

लेखकको सामान्य परिचय
नामः मंगल बोहरा
जन्म स्थानः छबिस पाथीभेरा गाउँपालिका- ७, बझाङ
हालः भारत, ब्यङ्लोर
रुचिः देउडा गीत लेख्ने, खेल्ने आदि

मंगल बोहरा सानै उमेरदेखि देउडा भन्ने वित्तिकै हुरुक्कै हुन्थे । गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा उनी देउडामा रमाउँथे ।

मंगलले विभिन्न देउडा प्रतियोगितामा पनि भाग लिएका छन् । स्कूल पढ्दाखेरी उनी कक्षा कोठामा देउडाका सम्राट मानिन्थे । आज तिनै देउडीया मंगलका केही देउडालाई बुलबुलनेपाल डट.कमले प्रकाशित गरेको छ । 

सोझा अनि गरिबलाई हुन जेलघर बनेका
सरकार भन्दा माथि हुन्छन् यि ठूला भनेका ।

................................................................

सजाय छैन नेपालमा गल्ति गर्नेलाई
जेलघर भित्र हाल्न खोज्छन् उल्टै मर्नेलाई ।

................................................................

नेपालका नेताहरु कुर्सि तानातान 
गरिब जन्ता आफैंआफैं गोली हानाहान।

................................................................

हत्या गर्ने हत्याराका हात खुट्टा टुटिझाउन्
बलात्कारी अपराधीका आँखा कान फुटिझाउन्।

................................................................

साइन गर्न अर्कालाई लिन्छन् हाम्रा ठाउँका नेता
लेखपढै नजानेपछि का के हुन्छ के था ।

................................................................

नत कैलै आफ्नु भयो नत कैलै पराई 
पहाडका त कुरै छोडौ विकास छैन तराई 


बुधबार, १० असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस