काठमाडौं, असोज १० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सिंगापुर जाने भएका छन् ।
स्रोतका अनुसार बुधबार बेलुकी उनी सिंगापुर जान लागेका हुन् । पत्नी सिता दाहालको नियमित चेकअपका लागी सिंगापुर जान लागेको बताइएको छ ।
उनी कहिले फर्कने टुंगो छैन । चेकअपपछि मात्रै उनी फर्कनेबारे टुंगो लाग्ने बताइएको छ । सिंगापुरको अस्पताल र डाक्टरहरुको सल्लाहाअनुसारमात्रै उपचार गराएर फर्कने बताइएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गत ६ गतेबाट अमेरिका भ्रमणमा छन् ।
प्रतिकृया दिनुहोस