भेट्रान फुटबल प्रतियोगिताकाे उपाधि कैलालीले जित्यो, आयोजक टिम पराजित

आयोजक टिम स्तब्ध !

किशोर तामाङ    

भेट्रान फुटबल प्रतियोगिताकाे उपाधि कैलालीले जित्यो, आयोजक टिम पराजित

कञ्चनपुर, असोज ९ ।  जिल्लाकाे पुनर्वास नगरपालिकामा सम्पन्न नगरस्तरीय मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघ कैलालीले प्राप्त गरेको छ ।

 

सोमबार भएको फाइनल खेलमा निर्माण व्यवसायी संघले अरनिको भेट्रानलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधी प्राप्त गर्यो । निर्माण व्यवसायी संघका विनोद विष्टले दुई र ललित चन्दले एक गोल गरेका थिए भने अरनिको भेट्रानका तर्फबाट मानबहादुर तामाङले एक गोल गरेका थिए ।


अरनिको खेलकुद विकास समितिद्वारा ‘सबैका लागि खेल, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित हरितालिका तीजको अवसरमा भेट्रान फुटवल खेल प्रतियोगिताको आयोजना गरिएको हो ।


प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सो पुरस्कार पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले वितरण गरेका थिए ।


मङ्गलबार, ०९ असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस