लेखेको सामान्य परिचय
नामः गगंलाल धामी ‘साथीभाई’
जन्मस्थानः छबिस पाथीभेरा गाउँपालिका-७, बुडखोरी, बझाङ
हालः भारत, ब्यङ्लोर
रुचिः साहित्य सिर्जना, समाज सेवा, नयाँ साथी बनाउने आदि ।
शैक्षिक योग्यताः सामान्य
निधारमा हेर्दा खेरी, भाग्य आफ्नो भेटिएन
चन्द्रमा झैं लाग्दा दाग, मेट्दा खेरी मेटिएन।
...........................................................
जती कष्ट गरे पनि, दुःख जति हटिएन
जीन्दगीमा सुख जती, कति पनि खटिएन।
...........................................................
दुःख गरे कष्ट सहे, यो जीवन धान्नलाई
निधारमा छामे कठै, सुख दुःख जान्नलाई।
...........................................................
सुख दुःख जीन्दगीमा, धेरै धेरै देखे मैले
कथा ब्यथा कठैबरी, लेखेको थे धेरै पैले।
...........................................................
हत्केलाका रेखाहरु, ज्योतिषीले हेरे पनि
टुंगो छैन यो भाग्यको, जति कर्म फेरे पनि।
...........................................................
मनमा पिडा लुकाएर, सबको सामु हाँस्न खोजे
यो भाग्यले दिन्न रैछ, खुसी जति गास्न रोजे।
प्रतिकृया दिनुहोस