ज्ञानी पार्की ‘महाज्ञानी’का मार्मिक देउडा !

गज्जबका देउडा !

बुलबुल नेपाल    

ज्ञानी पार्की ‘महाज्ञानी’का मार्मिक देउडा !

प्रवासबाट ज्ञानी पार्की ‘‘महाज्ञानी’ देउडा गीत लेख्नमा निकै सिपालु छन् । उनी प्रायः माया प्रिती, देश, समाज, गाउँघरका विषयमा देउडा लेख्न लेख्छन् । महाज्ञानीका देउडा पढ्दा र सुन्दा असाध्यै रमाइलाे लाग्छ। भारतमा बसेर उनी लामो समयदेखि सुदूर तथा मध्यपश्चिमको पहिचान मानिएको देउडा गीत लेख्नमा तल्लीन छन् ।

 

दिउँसै मुखी रात पडिगै डाणी बेल बुणीगै 
बाज एक्लै बैरागी भैग्यो परेवा उणीगै ।

.....................................................

जुन राम्री पुन्यूकी रात, तारामा ब्यानतारो 
जोली भवर लालपरेवाका खानी छै चारो ।

.....................................................

कि शुद्ध श्रीखण्ड हुन्छ, कि चोखो चन्दन 
लाउन्या खान्या उमेरमा, पणीग्या बन्धन ।

.....................................................

कस्तुरी रनबन डुल्लो. डाँफे हिमचुलीमा 
प्रितीको सन्यासी बनी. चढियो शुलीमा ।

.....................................................
पैरुकी जोगीको भेष, छोडुकी दुनिया 
साँचेका सपना थिया, मन भित्रै थुनिया ।

ज्ञानी पार्की ‘महाज्ञानी’

जन्मस्थानः बैतडी
हाल- भारत, नयाँ दील्ली


आइतबार, ०७ असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस