अछामका के.सी आरआर नेबिसंघको उपाध्यक्षमा मनोनित

राजनको विद्यार्थी राजनीति

बुलबुल नेपाल    

अछामका के.सी आरआर नेबिसंघको उपाध्यक्षमा मनोनित

काठमाडौं, असोज १ । नेपाल विद्यार्थी संघ, रत्न राज्य लक्ष्मी क्याम्पस मुल इकाई समिति उपाध्यक्षमा राजन केसीलाई मनोनित गरिएको छ । क्यापम्समा देखाएको सक्रिय सहभागिताको मूल्यांकन गर्दै उनलाई उपाध्यक्षमा मनोनित गरिएको हो ।

 

अध्यक्ष संजीव ढकालद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ ‘नेपाल विद्यार्थी संघ रत्न राज्य लक्ष्मी क्याम्पसमा तपाइँले देखाउनु भएको उत्साहजनक सहभागितालाई मूल्यांकन गर्दै तपाइँलाई नेपाल विद्यार्थी यस क्याम्पसको मूल इकाई समितिको उपाध्यक्षमा जिम्मेवारी दिइएको छ ।’


उपाध्यक्ष पदमा मनोनित पश्चात केसीले विद्यार्थीका हरेक मुद्धामा सधैं साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘म विगतमा पनि विद्यार्थीका समस्यालाई समाधान गर्न सक्रिय थिए, अब झनै लागि पर्नेछु ।’


सोमबार, ०१ असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस